×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक र रेमण्ड सपको सामाजिक कार्य : ट्राफिक प्रहरीलाई १०० थान पिपिइ सहयोग

LAXMI SUNRISE BANK

प्रभु बैंक र रेमण्ड सपको सामाजिक कार्य : ट्राफिक प्रहरीलाई १०० थान पिपिइ सहयोग

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  प्रभु बैंक र रेमण्ड सपले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग गरेका छन् । दुवै संस्थाले सोमबार १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेका बेला पिपिइ उपलब्ध गराएकामा ढकालले धन्यवाद दिए । उनले उक्त पिपिइ लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी सङ्क्रमण हुनबाट सुरक्षित हुने विश्वास व्यक्त गरे । सपका अध्यक्ष सञ्जय अधिकारीले विपद्को समयमा आम नागरिकको सहयोगका लागि सदैव क्रियाशील रहेको जनाउँदै आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार स्वास्थ्यकर्मीसहित प्रनाउको कमाण्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड, ड्युटीमा कम्तीमा दुई मिटर दूरीमा नागरिकसँग दूरी कायम गर्ने व्यवस्था मिलाएकोसमेत बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी