×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं १ मा ६४१ जनाको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रदेश नं १ मा ६४१ जनाको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

Artha Sarokar

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर – प्रदेश नं १ मा कोरोनाको आशंकामा गलबारसम्म गरिएको परीक्षणमा ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर अन्तर्गत गरिएको परिक्षणमा ४६ महिलासहित २५१ जनाको परीक्षण गरिएकामध्ये ४० महिलासहित २३९ जनाको रिपोर्ट नेगेटिभ आएको हो । 
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलको सूचना डेस्कका अनुसार थ्रोट स्वाब (पिसिआर)  प्रविधिअन्तर्गत परिक्षण गर्दा उक्त रिपोर्ट आएको हो । जसमा १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै मङ्गलबारसम्म र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मार्फत परीक्षण गर्दा ४०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीअन्तर्गत ५६ महिलासहित ४०२ को रगत परीक्षण गरिएको सूचना डेस्कले जनाएको छ । 
प्रदेश नं १ मा हाल क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५३८ जना रहेका छन् जसमा ५३ जना घर फर्केका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ जसमा १ जना निको भइसकेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी