
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए-नभएको पिसीआर परीक्षण गरिएको छ । चार दिनअघि दमक–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा थप सङ्क्रमण फैलिने भएकाले त्यसको पहिचान गर्न हालसम्म ८४ जनाको पिसीआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्गलाल लिम्बूले बताए ।
नगरपालिकाले सोमबार (हिजो) कोरोना नियन्त्रण तथा रोकथामका क्षेत्रमा भइरहेको कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. लिम्बूले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकामार्फत भइरहेको कामका बारेमा जानकारी गराएका हुन् ।
पिसीआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शङ्कास्पद ३० जनाको गरिएको र त्यसमा ती वृद्धमा सङ्क्रमण पुष्टि भएको थियो । आइतबार मात्र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका ५४ व्यक्तिको समेत आरडिटी परीक्षण तथा स्वाब सङ्कलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको उनले बताए पिसीआर परीक्षणको रिपोर्ट आजसम्ममा आउने उनको भनाइ छ । सङ्क्रमित क्षेत्रमा डा लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी, प्राविधिकको छुटाछुट्टै चार टोली परिचालित भएको थियो ।
उनका अनुसार सङ्क्रमण रोकथाम गर्न हालसम्म नगरभित्रका १५७ जनाको समेत र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । यसैगरी हालसम्म दमक अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा १३ जनाले सेवा पाउनुका साथै एक पुरुष र दुई महिला गरी तीन हाल उपचाररत रहेको उहानले बताए । त्यस्तै दमकका अन्य तीन क्वारेन्टाइनमा भने हाल ४१ जना रहेका छन् । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यसैगरी सोही अस्पतालले सञ्चालन गरेको फिभर क्लिनिकमा २६० को स्वास्थ्य परीक्षण गरिएको डा लिम्बूले बताए । सो अवसरमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन ढकालले अस्पतालले कोभिड–१९ सहित अन्य रोगका उपचार र भइरहेको गतिविधिका बारेमा जानकारी गराएका थिए । कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्लामा नै पहिलोपटक आम्दा र दमककै सरकारी अस्पताल दमक अस्पतालले दैनिक फिभर क्लिनिक सञ्चालन गरिआएको छ ।
आम्दाका मेसु डा. ढकालले फिभर क्लिनिकमा चैतमा हालसम्म ६८४ को परीक्षण गरिएको र तीमध्ये चार जनालाई दमक अस्पतालमा सिफारिस गरिएको बताए । आम्दाले चार श्ययाको आइसोलेसन सञ्चालन गरिआएकामा त्यसबाट हालसम्म चार जनाले सेवा पाएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा नगरप्रमुख रोमनाथ ओलीले महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि स्थानीय सरकारले प्रभावकारी कार्य गर्दैआएको बताए । उनका अनुसार सङ्क्रमित वृद्धको हाल विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा उपचाररत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्