Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमित भेटिएपछि बागमती प्रदेशको अग्रसरता, माग्यो विशेषज्ञ डाक्टरसहित १६६ जना स्वास्थ्यकर्मी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार नवौँ तहमा काम गर्ने गरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ३, हाडजोर्नी विशेषज्ञ ३, कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट ५, कन्सल्टेन्ट जनरल फिजिसियन ४, कन्सल्टेन्ट डर्माटोलोजिष्ट १, कन्सल्टेन्ट पिडीयाट्रिसियन ४, कन्सल्टेन्ट प्याथोलोजिष्ट २, कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट १, कन्सल्टेन्ट रेडियोलोजिष्ट ५, कन्सलटेन्ट सर्जन ५, कन्सल्टेन्ट साइक्याट्रिक ५, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक २-२ र नर्सिङ प्रशासकमा १ जना मागिएको छ । 
यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक २, आयुर्वेद चिकित्सक ३ जना माग गरिएको छन भने सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिष्ट र फार्मेसी अधिकृत दुई-दुई, मेडिकल ल्याब टेक्नोलोजिष्ट छ, कनिष्ठ नर्सिङ अधिकृत तीन, जनस्वास्थ्य अधिकृत १०, वायोमेडिकल इञ्जिनीयर १ जना माग गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK