×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा एकैदिन १५ करोड रुपैयाँ जम्मा !

अर्थ सरोकार

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार

PRIME CA

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा एकैदिन १५ करोड रुपैयाँ जम्मा !

  • अर्थ सरोकार सम्बाददाता

पोखरा – नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा एकै दिनमा १५ करोड रुपैयाँ जम्मा भएको छ । आइतबार चैत मसान्तको दिनमा मात्र १५ करोड जम्मा भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रेलले जानकारी दिए । कोरोना भाइरस कारण देशमा लकडाउन भएको २०औं दिन भइसक्यो । सरकारले चैत ११ गतेदेखि कारण १९ दिनसम्म राष्ट्र बैंक पोखरा कार्यायलबाट रकम निकाल्ने मात्र काम भएको थियो । लकडाउनको २०औं दिन र वर्षकै अन्तिम रहेका कारण आइतबार बैंक खुलेकाले उक्त रकम जम्मा भएको हो । 

लकडाउनको २० दिनमध्ये एकै दिनमा ९ करोड रुपैयाँसम्म राष्ट्र बैंकको ढुकुटीबाट बैंक तथा वित्तीय संघ संस्थाहरुले निकाल्ने गरेका थिए । निर्देशक डा.पोख्रेल अनुसार सामान्य अवस्थामा एक दिनमा पोखरामा करिब १०/१२ करोड रुपैयाँ जम्मा हुने गरेको थियो । तीव्र कारोवार हुँदा भने दैनिक ९० करोडसम्म डिपोजिट हुने गरेको राष्ट्र बैंकले जनाएको छ । पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा सिमित समयमा उपभोक्ताको मागअनुसार लकडाउनको दोश्रो हप्तादेखि बैंक तथा वित्तीय क्षेत्र खोल्न आग्रह गरिएको पनि उन ले जानकारी दिए । गण्डकी प्रदेशमा झन्डै १ हजार २ सयको हाराहारीमा सहकारी बाहेक बैंक तथा वित्तीय संघ संस्थाका शाखासहितका कार्यालय रहेका छन् ।

सरकारले लकडाउनको घोषणा गरेसँगै बैंकहरुले सातै प्रदेशमा अनुकुलता अनुसार शाखा कार्यालयहरू खुल्ला गरी सेवा दिइरहेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: