
काठमाडौँ – गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन कोषमा विभिन्न सङ्संस्थाले हालसम्म करीब रु ६३ लाख जम्मा गरेका छन् । वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म ६२ लाख ५६ हजार ७ सय ५२ कोषमा जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु १५ करोडको कोष स्थापना गर्ने र त्यसमा प्रदेश मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय भई कोषका लागि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायीलगायतलाई आग्रह गरिएको थियो ।
प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल गर्नुभएको छ । कोषबाट कोरोना नियन्त्रणका लागि खर्च गर्ने काम पनि भइरहेको थाहा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्