×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेश : हालसम्म दश हजारको नमूना संकलन, झन्डै २ हजार व्यक्ति क्वारेन्टाइनमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सुदूरपश्चिम प्रदेश : हालसम्म दश हजारको नमूना संकलन, झन्डै २ हजार व्यक्ति क्वारेन्टाइनमा

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा ¥यापिड टेष्टमार्फत आठ हजार २०३ र पिसीआरबाट दुई हजार ३३१ गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।
¥यापिड टेष्टबाट पाँच जनामा पोजेटिभ देखिएको थियो भने पिसीआरबाट एक जनामा नेगेटिभ नतिजा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँच जनाको पिसीआर रिपोर्ट आउन बाँकी छ । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरमा १० हजार २८२ किट मौज्दात रहेको निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले जानकारी दिए ।  
उक्त प्रदेशमा ५ जना कोरोना संक्रमितमध्ये तीन जना डिस्चार्ज भैसकेका छन् भने दुई उपचाररत रहेका छन् ।प्रदेशमा ३२२ स्थानमा छ हजार ७२८ श्ययाको क्वारेन्टाइन सञ्चालनमा छन् । एक सय ८९ महिला र एक हजार ५७० पुरुष गरी एक हजार ७५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी