विराटनगर – कोरोना भाइरसको उपचार गर्ने क्रममा संग्लन व्यक्तिको मृत्यु भएमा प्रदेश नं १ को सरकारले ५० लाख रुपैयाँ दिने भएको छ । प्रदेश नं १ को सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
यसैगरी कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभरिमा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयको सार्वजनिक, प्रदेशस्तरीय पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी वार्षिक क्यालेण्डर पनि स्वीकृत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्