×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ५ को संसद सचिवालयले फिर्ता गर्यो ८ करोड ६४ लाख बजेट

LAXMI SUNRISE BANK

प्रदेश ५ को संसद सचिवालयले फिर्ता गर्यो ८ करोड ६४ लाख बजेट

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

बुटवल – प्रदेश सभा सचिवालयले ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई फिर्ता गरेको छ । कोरोना भाइरसको रोकथाम र उपचारका लागि सहज होस् भनेर प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।

प्रदेश सभाका लागि चालु आर्थिक वर्षमा ३३ करोड १७ लाख ७४ हजार रुपैयाँ बजेट रहेकामा लकडाउनका कारण प्रदेश सभा बैठक चल्न नसकेको र अन्य कार्यक्रम पनि कटौती भएकाले खर्च हुन नसक्ने बजेट फिर्ता गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
प्रदेश सभा सचिवालयले यसअघि सभामुख पुर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारूको एक महिनाको तलब, प्रदेश सभा सदस्यहरूको १५ दिनको तलब र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार क्रमशः ७, ५ र ३ दिनको तलब गरी एकमुष्ठ २३ लाख ३० हजार ४ सय २५ रूपयाँ प्रदेश सरकारले स्थापना गरेको प्रदेश प्रकोप व्यवस्थापन तथा उपचार कोषमा जम्मा गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी