- अर्थ सरोकार सम्बाददाता
काभ्रे । कोरोना प्रकोपका कारण सरकारले लकडाउन गरेपछि अहिले भक्तपुर, काभ्रे लगायतका नाकामा ‘युद्धकालकै झल्को’ दिनेगरी सुरक्षा जाँच हुन थालेको छ । ठाउँ ठाउँमा गाडीहरु रोकेर विवरणहरु संकलन गरिएको छ । कहाँ जाने, कुन सवारी पास हो लगायतका कुराहरु निकै कडा ढंगले सोध्ने गरिएको छ । नाकामा गाडीहरुलाईसमेत सेनिटाईज गरिएको छ भने समग्र सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा हिंडेर मानिसहरुलाई आवतजावत गर्न दिइएको छैन । तर यस्तो कडा ड्युटीबीच प्रहरीहरु भने सुख्खा पाउरोटीका भरमा ड्युटी गर्न बाध्य छन् । हेरौं काभ्रेमा कैद गरिएका केहि प्रतिनिधि तस्विरहरु: