
एजेन्सी । कोरोना भाइरसको त्रासका कारण विश्वभर गरिएको लकडाउनले गर्ववतीहरुको संख्या निकै बढेको एक अध्ययनले देखाएको छ । यूनाइटेड नेशन पपुलेशन फण्ड (यूएनएफपीए) र सहयोगीद्वारा जारी तथ्यांक अनुसार, कोभिड–१९ महामारीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण आगामी दिनहरुमा ७० लाख अप्रत्याशित गर्भाधारण देख्न सकिनेछ। अध्ययनका अनुसार, विश्वभरमा निम्न र मध्यम आय भएका ११४ देशहरुमा करिब ४५ करोड महिलाहरु गर्भनिरोधक उपाय प्रयोग गर्दछन्।
महामारीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण निम्न र मध्यम–आय भएका देशहरुमा ४ करोड ७० लाख महिलाहरु आधुनिक गर्भ–निरोधक उपायहरुको प्रयोग गर्नमा सक्षम नभए कारण यस्तो नतिजा आउने बताइएको छ। संकटका क्रममा महिलाहरुको पहुँच परिवार नियोजन वा अप्रत्याशित गर्भाधारण, लैंगिक हिंसा र अन्य हानिकारक तथा कुप्रथामा अधिक वृद्धि हुन सक्ने एजेन्सीहरुको ठहर छ।
यूएनएफपीएकी कार्यकारी निर्देशक नतालिया कानेमका अनुसार, यो नयाँ आँकडाले कोभिड–१९को भयावह प्रभाव विश्वभरका महिलार केटीहरुमा देख्न सकिनेछ। ‘कोरोनाको महामारीले असमानता बढाइरहेको छ र लाखौँ अन्य महिला एवम् केटीहरुलाई आफ्नो परिवार नियोजनको क्षमता र आफ्नो शरीर एवम् स्वास्थ्यको सुरक्षा गर्ने क्षमताका लागि जोखिम सिर्जना गरिरहेको छ।’ एजेन्सीहरुलाई उनले भनेकी छिन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्