×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्शियल बैंकले कमायो २ अर्ब बढी नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?

LAXMI SUNRISE BANK

प्राइम कमर्शियल बैंकले कमायो २ अर्ब बढी नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ३ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा बैंकको नाफा ३१.१९ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५४ करोड नाफा कमाएको थियो ।
बैंकले कैलाश विकासलाई गाभेपछि नाफामा बढोत्तरी देखिएको हो । बैंकको वितरणयोग्य मुनाफा भने ६४ करोड १२ लाख रहेको छ । अधिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको वितरणयोग्य मुनाफा ३६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष सोहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७९ लाख थियो । 
बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ४८.९३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ भने कर्जा प्रवाह ५३.०१ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब पुगेको छ । बैंकको मुख्य आम्दानीको स्रोत मानिने ब्याज आम्दानी २८.४२ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड पुगेको छ । 
बैंकको हालको चुक्ता पुंजी १३ अर्ब ९८ करोड रहेको छ भने रिजर्भमा ६ अर्ब २३ करोड छ । बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशत कायम भएको छ ।
बैंकको प्रति शेयर आम्दानी १९.३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.०२ गुणा, नेट वर्थ १४४.६२, बेस रेट ९.८५ प्रतिशत, कोषको लागत ८.०३ प्रतिशत, र पुंजी पर्याप्तता अनुपात १२.९८ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी