- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३१.१९ले बढेको छ । गत वर्ष १ अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेको बैंकले यस वर्ष बढेर २ अर्ब ३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।
बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्ष यही अवधिसम्म २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ११७.१८% ले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।
बैंकको निष्क्रिय कर्जाको दर ०.६१%ले घटेर ०.९७% रहेको छ । गत वर्ष यही अवधिमा बैंकको यो दर १.५८ प्रतिशत रहेको थियो । त्यस्तै बैंकको कष्ट अफ फण्ड ८.०३ प्रतिशत र आधार दर ९.८५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९.३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ। त्यसैगरी बैंकको मूल्य आम्दानी अनुपात १३.०२ गुणा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्