×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यालयहरुलाई बागमती प्रदेश सरकारले भन्यो, ‘तत्काल कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्नु’

GLOBAL IME BANK
SHREE KESH

विद्यालयहरुलाई बागमती प्रदेश सरकारले भन्यो, ‘तत्काल कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्नु’

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तत्काल कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालय बिहिबार एक सुचना जारी गर्दै स्थानीय तहसँगको समन्वयमा सम्बन्धित  विद्यालयहरुलाई निर्देशन दिईएको जनाएको हो ।
  
मन्त्रालयले बन्दाबन्दीमा तथा सामाजिक दुरीलाई कायम राख्दै नजिता प्रकाशन पश्चात उपयुक्त वैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि विद्यालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । साथै विद्यार्थी भर्नापछि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । 
बन्दाबन्दीको समयसम्म घरमै बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण निर्माणको लागि दुरशिक्षा कार्यक्रम, अनलाइन र अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी गराउन उनले आग्रह गरेका छन् ।
हेनुहोस् बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी सुचना :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: