×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा गुणस्तरहिन सामान बिक्री गर्ने १ सय ५ कम्पनीमाथि कारवाही

LAXMI SUNRISE BANK

लकडाउनमा गुणस्तरहिन सामान बिक्री गर्ने १ सय ५ कम्पनीमाथि कारवाही

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादडाटा 
काठमाडौं । लकडाउनको अवधिमा १ सय ५ व्यवसायी कम्पनी कारवाहीमा परेका छन् । गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको अवधिमा गैरखाद्य तथा गुणस्तरहिन सामान बिक्री गर्ने १ सय ५ कम्पनी कारवाहीमा पारेका छन् । विभागले जरिवानाबाट ४७ लाख ५० हजार रकम असुल गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए ।
वैशाखको १ गतेदेखि १५ गतेसम्म ५५ वटा खाद्य तथा व्यवसायी कम्पनीमाथि अनुगमन भएकोमा ३२ वटा कम्पनीलाई कारबाही भएको प्रवक्ता आचार्यले जानकारी दिए । उनका अनुसार जरिवाना रकम वापत बैशाख महिनाको १५ गतेसम्म ३८ लाख २० हजार रुपैयाँ उठेको छ । त्यस्तै, चैत महिनाभरमा १ सय ६९ वटा खाद्य, पानी व्यवसायी माथि अनुगमन गर्दा ३२ वटा व्यवसायिक कम्पनी कारबाहीमा परेका छन् ।
चैत महिनामा २३ लाख ४५ हजार रुपैयाँ जरिवाना रकम असुल गरिएको छ । पाँच वटा वाणिज्य कार्यालयका ४८ जना कर्मचारीहरु बजार अनुगमनमा खटिरहेको विभागका प्रवक्ता आचार्यले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी