Skip to content
LAXMI SUNRISE BANK

‘चीनबाट खरिद कमसल मेडिकल सामाग्रीले राज्यकोषको दोहन भयो’ : पूर्वराजा ज्ञानेन्द्र शाह

अर्थ सरोकार

काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले चीनबाट मेडिकल सामान खरिदमा राज्यकोषको दोहन भएको भन्दै त्यसको निन्दा गरेका छन् । उनले ट्वीट गर्दै चीनका मेडिकल सामाग्री विश्वका धेरै मुलुकले त्रुटिपूर्ण भन्दै फिर्ता गरेको अवस्थामा नेपाल सरकारले भित्र्याएको र यसमा सरकारले सावधानी नअपनाएको बताएका छन् । 
उनले भनेका छन्–‘कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ । कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो ।’
सामाजिक सञ्जालमा निरन्तर अपडेटमा रहिरहेका पूर्व राजाले कोरानाको डरका कारण घर आएका नेपाली नागरिकलाई सीमामा रोकिएकोमा असन्तुष्टि पनि व्यक्त गरेका छन् । 
‘कोरानाको डरका कारण घर आएका हाम्रा नेपाली नागरिक सीमामा रोकिनु परेको खबर आफैंमा प्रिय होइन । कोरोनाले गर्दा आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर विचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न ।’ अर्को ट्वीटमा उनले भनेका छन्–‘सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK