×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका कारण विश्व सम्पदाको पुनर्निमाण रोकियो, ‘यो आर्थिक बर्षमा यस्तै भो बरि लै…’ (भिडियो)

LAXMI SUNRISE BANK

लकडाउनका कारण विश्व सम्पदाको पुनर्निमाण रोकियो, ‘यो आर्थिक बर्षमा यस्तै भो बरि लै…’ (भिडियो)

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण रोकिएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनका कारण सम्पदाहरुको पूनर्निणको काम रोकिएको हो । भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पूर्ननिर्माणमा खटिएका कामदारहरुले लक डाउनका कारण काम गर्न पाएका छैनन् । 
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य मजदुरको सुरक्षाको प्रत्याभुति गरी काम सुरु गर्ने बताएपनि विश्व सम्पदा सूचिमा सूचिकृति सम्पदाहरुको पूर्निनिर्माणको काम ठप्प हुँदा समेत सरकारको ध्यान गएको छैन् । वर्षायाम सुरु हुन अघि सक्नुपर्ने काम पनि लक डाउनका कारण प्रभावित भएको छ । लकडाउन सकिएपछि वर्षायाम सुरु हुने र काम प्रभावित हुने भएकाले पूर्ननिर्माणको काम अझै पर धकेलिने संकेत देखिएको छ । 
सोमबार काठमाडौंको बसन्तपुर स्थित हनुमानढोका क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्र लागयतका ठाउँमा पुग्दा कुनैपनि सम्पदाको पुन निर्माणका कामहरु भएको पाइएन् । सम्पदा क्षेत्र सुनसान छन्, भने मजदुरहरु देखिदैनन् । सम्पदा क्षेत्र भित्र रहेका मन्दिरहरुमा हुने नियमित पुजाआजाका कामहरु समेत सञ्चालनमा आउन सकेका छैनन् । पाटन दरबार क्षेत्र भित्र रहेको कृष्ण मन्दिर, बंगलामुखि, भिमसेनको मन्दिर, कुम्भेश्वर लगायतका मन्दिरहरु बन्द रहेका छन् । यस्ता कतिपय मन्दिरहरुको पुननिर्माणको काम समेत प्रभावित भएको छ । लकडाउनका कारण पर्यटकिय क्षेत्र समेत रहेको सो क्षेत्रका स्थानीयहरुको व्यवसाय समेत ठप्प भएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी