Skip to content
LAXMI SUNRISE BANK

अमेरिका सरकारले दोश्रा पटक आफ्ना नागरिकलाई फिर्ता लैजाँदै, कतार एयरवेजको विमान चार्टड

अर्थ सरोकार

अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अमेरिकाले आइतबार (आज) पनि नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाँदै छ । अमेरिकाका नागरिकलाई फिर्ता पठाउन नेपालस्थित अमरिकन दूतावासले आइतबारको लागि दोस्रोपटक विमान चार्टड गरेको हो । पुनः आइतबार (आज) अमेरिकन नागरिक लैजान कतार एयरवेजलाई उडान अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोना संक्रमितको संख्या बढेसगै नेपालमा रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कने क्रम जारी छ।
क्यु आर ३४८१ चार्टर विमानमा लान लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार विमान दोहा ट्रान्जिट भएर जानेछ । पहिलोपटक मंगलबार तीन सय नागरिकलाई कतार एयरवेजमार्फत लगिएको थियो । विमानस्थलका अनुसार यो जहाजले दोहासम्म उडान गर्नेछ भने दोहाबाट कतार एयवेजकै एयरबस ३३० जहाजमार्फत ती यात्रुलाई वासिङटन पुर्‍याइएको थियो । यूरोपेली देश र अमेरिकाले यसअघि पनि जहाज चार्टर गरेर झन्डै १५ सय भन्दा बढी नागरिक फर्काइसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK