
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीको समुहले समाचारको विषयलाई लिएर रेडियो धनगढीको कार्यालय घेराउ गर्नुका साथै पत्रकार नवराज धानुकलाई हातपातको प्रयास गरेका छन् ।
सुदुरपश्चिमकै सर्वाधिक लोकप्रिय कार्यक्रम ‘तातो बहस’ लाईभ बजिरहेका बेला उनले आफुसहित अन्य ६ जनाको समूह ल्याएर पत्रकारमाथि हातपाताको प्रयास गरेका हुन् । उनी नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
राहत वितरणमा भ्रष्टाचार गरेको भन्ने रिपोर्ट आज बिहान तातो बहसमा बजेपछि उनले रेडियोको स्टुडियोमै छिरेर तातो बहसका प्रस्तोता नवराज धानुक माथि हातपातको प्रयास गरेका हुन् । उनीहरुले मदिरा सेवन गरेर धानुकमाथि आक्रमण गर्न खोजेका स्थानीयको भनाइ छ । रेडियो धनगढी अर्थ सरोकारको साझेदार प्रशारक रेडियो पनि हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्