
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गैरआवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद युएईले नेपालका विभिन्न हस्पिटलहरुमा १ सय ७५ सेट पीपीई हस्तान्त्रण गरेको छ । नेपालमा रहेका संस्थाका महासचिब निश्चल दहालको संयोजनमा उपाध्यक्ष मनु क्षेत्री, सचिब एम डी बोहोरा तथा सचिब ओमकार पोख्रेलको टिमले पीपीई बितरण कार्यक्रम सम्पन्न गरेको हो ।
बिहीबार लुम्बिनी पार्देशिक हस्पिटलमा २५ सेट पीपीई बितरण गरिएको र मेचि अंचल अस्पताल २० सेट, कोरोना विशेष अस्पताल चितवन २५ सेट, सेती अंचल अस्पताल २५ सेट बीपी मेमोरियल धरान घोपा २२ सेट, कोशि अस्पताल बिराटनगर २० सेट नेपालगंज मेडिकल कलेज कोहलपुरमा ३८ सेट यस अघिनै बितरण गरिएको सचिव ओमकार पोख्रेलले जानकारी दिए ।
संस्थाले युएईस्थित कोरोनाका कारण अलपत्र परेका नेपालीहरुलाई मध्यनजर गर्दै संस्थाका अध्यक्ष प्रकाश कोइरालाको संयोजनमा कोरोना उद्दार मुल समिती गठन गरि खाना बस्न समस्यामा परेका नेपालीहरुलाई संस्थाका उपाध्यक्ष पासाङ शेर्पाको संयोजनमा करिब दुईहप्तादेखि राहात सामाग्री बितरण गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्