
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । राहत वितरणका क्रममा पर्साको छिपहरमाई गाउँपालिकामा ढुंगा प्रहार हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको झलमैया टोलमा विपन्न वर्गलाई राहत वितरणमा छुटाएको भन्दै झडप भएको थियो । झडपपछिको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाका अनुसार विनोदको गर्धन र चन्द्रिकाको टाउकोमा चोट लागेको छ भने उपचारका लागि उनीहरुलाई वीरगञ्ज पठाइएको छ । राहत वितरणका क्रममा असन्तुष्ट मानिसहरुले लुकेर ढु्ंगा प्रहार गर्दा उनीहरुलाई चोट लागेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए ।
पाँच वटा वडामा नामावली संकलन गरेर झण्डै १७ सय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी थियो । शुक्रबार वडा नं ३ को झलमैयामा १ सय ३० जना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको थियो । राहत वितरणकै क्रममा विरोधीहरुले विथोल्ने उद्देश्यले ढुंगा प्रहार गरेको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्