
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । राहत वितरणका क्रममा पर्साको छिपहरमाई गाउँपालिकामा ढुंगा प्रहार हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको झलमैया टोलमा विपन्न वर्गलाई राहत वितरणमा छुटाएको भन्दै झडप भएको थियो । झडपपछिको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाका अनुसार विनोदको गर्धन र चन्द्रिकाको टाउकोमा चोट लागेको छ भने उपचारका लागि उनीहरुलाई वीरगञ्ज पठाइएको छ । राहत वितरणका क्रममा असन्तुष्ट मानिसहरुले लुकेर ढु्ंगा प्रहार गर्दा उनीहरुलाई चोट लागेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए ।
पाँच वटा वडामा नामावली संकलन गरेर झण्डै १७ सय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी थियो । शुक्रबार वडा नं ३ को झलमैयामा १ सय ३० जना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको थियो । राहत वितरणकै क्रममा विरोधीहरुले विथोल्ने उद्देश्यले ढुंगा प्रहार गरेको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्