×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद भेटियो, पढ्नुहोस् त्यसपछि के भयो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाको राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद भेटियो, पढ्नुहोस् त्यसपछि के भयो…

Artha Sarokar

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
झापा । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट ६ लाख जति (जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने) फेला परेको हो । राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए । हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ ।
शनिबार साँझ कनकाई सामुदायिक वन क्षेत्रहाता भित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकड बहादुर दर्जी समेतको घर जलेको थियो । आगो राईको घरबाट सुरु भएको थियो ।राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेर ल्याएका थिए ।उनले बुझेर ल्याएको राहत समेत जलेको थियो । राई बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेको थिए भने उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए ।
प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् । राई लगायत १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पीडितको नाममा विगत ७ वर्षदेखि बस्दै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी