
- अर्थ सरोकार सम्बाददाता
पोखरा – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । मंगलबार पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोगथामका गर्न सरकारले लगाएको लकडाउनले समाजका मजदुर एवं विपन्न वर्गलाई राहत प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको राहत कोषमा हालसम्म तीन करोड ७८ लाख ३५ हजार ३९१ सङ्कलन भइसकेको छ । महानगरपालिकाले दुई करोड राखेर राहत कोष स्थापना गरेको कोषमा महानगरका सम्पूर्ण कर्मचारीका तर्फबाट ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोग रहेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्