
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रसियाले लकडाउनका कारण नेपालमा छुटेका नागरिकलाई आज लगेको छ । जोइन्ट स्टक कम्पनीद्वारा संचालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट एयरलाइनसमार्फत एक सय १० यात्रु लिएर साढे दिउँसो १२ बजे स्वदेश फिर्ता भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा रोयलको यो पहिलो उडान रहेको छ। कोभिड(१९का कारण लक डाउन लागू भएपछि यस अघि नेपाली आकाशमा पहिलोपटक बेलायतको टाइटान एयरवेजले पनि चार्टर उडान गरेको थियो । यसअघि भुटानले नेपालमा रहेका २ नागरिक लैजानका लागि विमान पठाएको थियो । कोरोना भाइरस (कोभिड-१९)ले माहामारीको रुप लिएपछि नेपाल सरकारले चैत्र १० गतेदेखि देश लकडाउनको घोषणा गरेको थियो । आज लकडाउनको २८ औँ दिन हो । लकडाउनको अवधिमा विभिन्न मुलुकहरुले विमान चाटर्ड गरी आज्ञा नागरिकलाई फिर्ता लागिरहेका छन् ।
अहिलेसम्म ४ हजार बढी विदेशी नागरिकहरु स्वदेश फिर्ता भइसकेको विमानस्थलले जनाएको छ । यता नेपालबाट पनि विभिन्न शिलशिलामा मानिसहरु विभिन्न मुलुकहरुमा गएका छन् । अधिकांश मुलुकहरुले आफ्ना नागरिक नेपालबाट लगिरहँदा नेपालले भने आफ्ना नागरिक फिर्ता ल्याउकि कि, के गर्ला ? भन्ने प्रश्न उठेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्