×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा २० वटा लघुवित्तलाई कारबाही, तोकेको ब्यबस्थाको पालना भएन !

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकद्वारा २० वटा लघुवित्तलाई कारबाही, तोकेको ब्यबस्थाको पालना भएन !

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थसरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही स्वरुप हर्जाना लगाइएको जनाएको छ । राष्ट्र बैंकले तोकेको ब्यबस्था पालना नगरेको कारण कारवाही गरिएको बैंकले जनाएको हो । 
राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तसम्म ५० वटा लघुवित्त वित्तीय संस्थाहरूको समष्टिगत स्थलगत निरीक्षण, पाँच वटाको लक्षित स्थलगत निरीक्षण तथा चार वटाको अनुगमन-विशेष निरीक्षण सम्पन्न गरिएको छ । सो अवधिमा निर्देशन अनुसार न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेवापत पाँच वटा लघुवित्त वित्तीय संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाहीको प्रक्रिया अगाडि बढाइएको राष्ट्र बैंकले जनाएको हो । त्यस्तै राष्ट्र बैंकका अनुसार न्यूनतम अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही स्वरुप हर्जाना लगाइएको छ ।
२०७५ चैत १ देखि २०७६ फागुन मसान्तसम्म पाँच वटा नयाँ संस्थाहरू र एक वटा वित्तीय मध्यस्थताको कारोबार गर्ने अनुमति प्राप्त गैर–सरकारी संस्था समेत गरी जम्मा छ वटा संस्थाहरूलाई “घ” वर्गका लघुवित्त वित्तीय संस्था लिमिटेडका रूपमा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: