
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरु गरेको छ । आर्थिक बर्ष २०७६/७७ को बजेटमार्फत सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लिएसँगै राष्ट्र बैंकले प्रक्रिया सुरु गरेको हो ।
सरकारसँग ऋण ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमद्वारा ऋण उठाउन सकिने विकल्प रहेको छ । सोही अनुसार अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई ऋण उठाउन अनुमति दिएको हो ।
सरकारले बजेटमा व्यवस्था गरिएको अधिकतम सीमा अर्थात् १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदैछ । जसमध्ये ९० अर्बको ट्रेजरी बिल, १०० अर्बको विकास ऋणपत्र, ४ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने तयारी केन्द्रीय बैंकले गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्