×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवाको क्वारेन्टाइनमा ३ सय जना !

GLOBAL IME BANK
SHREE KESH

रसुवाको क्वारेन्टाइनमा ३ सय जना !

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रसुवा – कोभिड–१९ रोकथामका लागि लकडाउन भएपछि काठमाडौंँ र आसपास क्षेत्रमा छरिएर रहेका स्थानीय नागरिकलाई धमाधम जिल्ला भित्र्याउने काम अगाडि बढेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सांसद मोहन आचार्यका साथै गोसाइँकुण्ड एवं कालिका गाउँपालिकाले बसको व्यवस्था गरी जिल्ला भित्र्याएका स्थानीय बासिन्दा ३१९ पुगेका छन् । 
सोमबार साँझसम्म रसुवा प्रवेश गर्नेमा १६५ पुरूष र १५४ महिला छन् । उनीहरूलाई आआफ्ना गाउँघरको पायक पर्ने स्थानमा स्थापित क्वारेन्टाइनमा राखिएको बताइएको छ । सांसद आचार्यको व्यवस्थापनद्वारा बसबाट ल्याइएका स्थानीयवासीलाई बेत्रावतीबाट जिल्ला प्रवेश गराउनुपूर्व लगत तयार गरिनाका साथै पायक पर्ने क्वारेन्टाइन तोक्न रसुवाको प्रवेशद्वारमै केही घण्टा पर्खाउनुपरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 
कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सावधानीअनुरूप जिल्ला प्रवेश गरेका सबै स्थानीय नागरिकलाई बेत्रावतीबाटै सम्बन्धित गाउँपालिकाका पदाधिकारीमार्फत क्वारेन्टाइनमा पठाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । 
धुञ्चेको क्वारेन्टाइनमा गोसाइँकुण्ड गाउँपालिकाले ६७ जनालाई व्यवस्थापन गरेको बताइएको छ । गापाका अध्यक्ष कैसाङ्नुर्पु तामाङले क्वारेन्टाइनमा खानपिनदेखि वाइफाईसम्म चाहिने आवश्यकता सबै पूर्ण बनाइएको जानकारी दिनुभयो । 
रसुवाका पाँचै गाउँपालिकाका विभिन्न स्थानमा १० क्वारेन्टाइन रहेको बताउँदै प्रजिअ भण्डारीले जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै नागरिकले स्वास्थ्य परीक्षण गराई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो ।
ज्याला मजदूरी गरेर काठमाडौँमा बस्दै आएका कालिका गाउँपालिका क्षेत्रका ४० बासिन्दालाई राहतस्वरूप खाद्य पदार्थ व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सीतादेवी पौडेलले बताउनुभयो ।
रसुवा प्रवेश गराउँदा पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने प्रावधान छ । लकडाउनका कारण अर्थोपार्जनमा संकट परी बिहानबेलुका छाक टार्न गाह्रो परेका मजदूरको चाहनाबमोजिम बसिरहेको यथास्थान काठमाडौँमै राहत व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: