
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमण रहे नरहेको र्यापिड डायगोनोस्टिक टेस्ट’ (आरडीटी) किट प्रयोग मंगलबार (आज) बाट सुरु भएको छ । त्यसको लागि मंगलबार (आज) बिहानै टोली परिचालन भएको छ । १० जनाको टोली २ भागमा विभाजन गरेर र्यापिड टेष्ट गरिने कैलाली स्वास्थ्य कार्यालयका प्रमुख ललित धामीले बताए । दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद व्यक्तिको परीक्षण गर्ने छ ।
‘एउटा टोली टीकापुर नगरापलिका हुँदै लम्किचुँहा, घोडाघोडीलगायतका स्थानीय तहमा रहन्छ,’ उनले भने, ‘अर्को टोली कैलालीको गोदावरी नगरपालिका हुँदै कञ्चनपुरमा परीक्षण गर्छ ।’ सरकारले किटको भ्यालिडेसन गर्नलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको छ। प्रयोगशालाले सुरूमा २ सय जनाको नमूनालाई पिसिआर विधिबाट पनि परीक्षण गरेर क्रस चेक गर्ने भनेको छ।
यो किटले १५ मिनेटमै कोरोना परीक्षणको नतिजा दिनसक्छ। सरकारले यसकै प्रयोग गरेर कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने भनेको छ। साथै ती दुइटै जिल्लामा चैत महिनामा विदेशबाट आएकाको पनि परीक्षण गर्ने तयारी छ। सुदूरपश्चिम प्रदेशका ४ जनामा कोरोना संक्रमण देखिएपछि संघीय सरकारले बागलुङ, कैलाली र कञ्चनपुरर्मा र्यापिड डायग्नोस्टिक टेष्ट गर्ने निर्णय गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्