×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको मौका छोपेर सहकारी संस्था ठगी धन्दामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनको मौका छोपेर सहकारी संस्था ठगी धन्दामा

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

बारा – देश लकडाउनको मौका छोपेर सहकारी संस्था ठगी धन्दामा लागि परेको पाइएको छ ।कोरोना भाइरसको सन्त्रासमा मुलक लकडाउनको अवस्थामा रहेको समयमा बाराको एक सहकारी संस्था भने ठगी धन्दामा लागि परेको पाइएको हो । प्रसौनी गाउँपालिका ५ प्रस्टोकाबाट अवैध रुपमा बिक्रीको लागि लुकाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डिएपी मल प्रहरीले बरामद गरेको छ। उक्त ठाउँका शम्भु साह र रमेश साहले प्रसौनी गाउँपालिका–६ स्थित ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डिएपी मल लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नुपर्ने हो । तर शम्भु साह र रमेश साहलाई ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा मल उपलब्ध गराएको देखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका शम्भु साह र रमेश साहको खोजी भइरहेको छ । साहद्वयलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी