×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीआईबी प्रमुख सहकुल थापाले सम्हाले कार्यभार, भन्छन् ‘उच्च मनोबलका साथ काम गर्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सीआईबी प्रमुख सहकुल थापाले सम्हाले कार्यभार, भन्छन् ‘उच्च मनोबलका साथ काम गर्छु’

Artha Sarokar

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् । शुक्रबारदेखि थापाले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख रहिसकेका थापाले नयाँ जिम्मेवारीले आफूलाई उत्साहित बनाएको बताए ।
जिम्मेवारी सम्हालेपछि थापाले भने ‘कानूनको परिधिमा रहेर, संगठनको इज्जत राखेर उच्च मनोबलका साथ काम गर्नेछु ।’ सीआईबीमा यसअघि निरजबहादुर शाहीले प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी सरूवा भएर प्रहरी केन्द्रीय कार्यालयमा गएपछि सीआईबीको जिम्मेवारी थापालाई आएको हो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी