×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सद्वारा कोरोना कोषमा २५ लाख सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सद्वारा कोरोना कोषमा २५ लाख सहयोग

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कास्की –  गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले २५ लाख सहयोग गरेको छ ।  प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटक  शाखा प्रवन्धक चक्र लालचनले बुधबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  
मुख्यमन्त्री गुरुङले विपद्को सामना गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा भाटभटेनी सुपरमार्केटप्रति आभार व्यक्त गरे । साथै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गरे । 
सरकारले सो भाइरसको जोखिम न्यूनीकरण, उपचार तथा राहत वितरणका लागि चैत १२ गते उक्त कोष स्थापना गरेको हो । कोषमा सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट रकम जम्मा हुने क्रम जारी रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी