×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला जनतालाई पूर्वराजाको साथ : कोरोना कोषलाई २ करोड रुपैयाँ सहयोग !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संकटका बेला जनतालाई पूर्वराजाको साथ : कोरोना कोषलाई २ करोड रुपैयाँ सहयोग !

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा दुई करोड रुपैयाँ सहयोग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले  सहयोगको घोषणा गरेका हुन् । 
‘राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ’, विज्ञप्तिमा ज्ञानेन्द्रले भनेका छन्, ‘दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रु २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’ विज्ञप्तिमा उल्लेख छ । 
साथै विज्ञप्तिमा ‘महामारीको यो संकटमा आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मीप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ उल्लेख छ । 
पूर्वराजाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनबाहेक अरु विकल्प नरहेको भन्दै त्यसको समर्थन गरेका छन् । उनले गैरजिम्मेवार भएर प्रस्तुत नहुन सबैमा अपिल गरेका छन् । कोरोनाको महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको र लकडाउन बाध्यात्मक अनिवार्यता भएको तथा यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको उनको भनाइ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी