
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ – ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ । चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले खसीको मासुलाई प्रतिकिलो १५ सयमा बिक्री गरेको पाइएकाले दुई लाख रुपैयाँ जरिमाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जनाकारी दिए । नियमित बजार अनुगमनका क्रममा शनिबार चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि दुई लाख जरिमाना गरिएको हो।
यस्तै गुनासोका आधारमा औषधालयमा पनि अनुगमन गरिएको थियो। विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको २० रुपैयाँ लिएको सो औषधालयले खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको जानकारी उनले दिएका छन्।
यता त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाहीस्वरुप पचास-पचास हजार रूपैयाँ जरिवाना गरिएको छ। उक्त हाउसमा मूल्य सूची नभएको भन्दै जरिमाना गरिएको विभागले बताइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिमाना गरिएको विभागले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्