Skip to content
LAXMI SUNRISE BANK

साल्ट ट्रेडिङद्धारा १० प्रतिशत छुटमा टोलटोलमा खाद्यान्न बिक्री गर्दै

अर्थ सरोकार

काठमाण्डौ ।  साल्ट ट्रडिङ कर्पोरेशनले टोल टोलमा खाद्यान्न बिक्री भइरहेको जनाएको छ । हरेक दिन जसो मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।

बुधबार काठमाण्डौ उपत्यकाका सामाखुसी चोक, गोङ्गबु, टोखा, झोर टोखा, नयाँ बजार, बालाजु, बालाजु रिङरोड, कुपण्डोल, सानेपा, सिनाम, पाटन लगायतका क्षेत्रहरुमा चामल, नुन, चिनी, आटा, मैदा लगायतका खाद्यान्न बिक्री हुने कर्पोरेशनले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छुट दिने सरकारको निर्णय अनुसार छुटमै खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK