×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १२८.३७ प्रतिशतले वृद्धि, अरु सूचक कस्ता ? (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

समता लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १२८.३७ प्रतिशतले वृद्धि, अरु सूचक कस्ता ? (विवरणसहित)

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ३ करोड ३८ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १२८.३७%ले धेरै हो । गत बर्ष संस्थाले सोहि अवधिमा १ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 
त्यस्तै ,तेस्रो त्रैमासको अन्त्यसम्ममा संस्थाको खुद ब्याज आम्दानी घटेको छ। संस्थाले चालु आर्थिक बर्षको ३ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत बर्षको सोहि अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको संचालन मुनाफा १ कारोड ७४ लाख रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा संस्थाको संचालन मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा संस्थाको संचालन मुनाफामा समेत गिरावट आएको छ। संस्थाको प्रतिशेयर (बार्षिक) २३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेर्टवर्थ १५२ रुपैयाँ ७ पैसा रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: