
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको तेस्रो त्रैमासमा खुद नाफा १२८.३७ प्रतिशतले बढेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा भने संस्थाले नाफा बढाएर ३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।
यता खुद नाफा बढ्दा संस्थाको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । गत वर्षको यस अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो अवधिमा ३ करोड २२ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफामा गिरावट आएको छ ।
गत आवको तेस्रो त्रैमासमा १ करोड ९८ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ करोड ७४ लाख रुपैयाँमा कायम भएको वित्तिय विवरणमा उल्लेख छ । समताको प्रतिसेयर आम्दानी (बार्षिक) २३ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७ पैसा रहेको छ ।
तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो लघुवित्त बन्यो समता लघुवित्त, खुद नाफा १२८ प्रतिशले ५ले बढ्यो वृद्धि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्