
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । बिहीबार स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो । सरकारले ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता गरेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कोरोना भाइरस उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी स्वास्थ्य खरिद सम्झौता गरिएको हो । सम्झौताको रकम ३० करोड रुपैयाँसम्मको छ ।
उक्त कम्पनीहरुले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् भने सेनिटाइजर र आइआर थर्मोमिटर खरिदका लागि छुट्टै सम्झौता हुने बताइएको छ । यो साताभित्रमै करिब १ लाख होल सेटमा पीपीई आउने बताइएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।
यसअघि सामग्री खरिद गर्नका लागि सरकारले ओम्नी ग्रुपसँगको सम्झौता गरेको थियो । सम्झौतामा अनुसार सामान निर्धारित समयमा ल्याउन नसकेको भन्दै ओम्नीसँगको सम्झौता रद्द गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्