×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला बैंकबाट यस्तो मेसेज आएपछि त्राहिमाम् बने कर्मचारी, ‘जागिर खान जाँदा ज्यान नै जोखिममा पर्ने भो’

PRIME CA

लकडाउनका बेला बैंकबाट यस्तो मेसेज आएपछि त्राहिमाम् बने कर्मचारी, ‘जागिर खान जाँदा ज्यान नै जोखिममा पर्ने भो’

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बिराटनगर । बिराटनगरका एक बैंकर आफ्नो मेलमा आएको एउटा मेसेज देखेर झसङ्ग मात्र भएनन् डराए पनि । देशभर लकडाउन गरिएको छ । बोर्डर एरिया भएकाले आफ्नो ठाउँ मा कोरोनाको त्रास छ । तर यहि बेला बैंकले के के न बितेजसरी बैसाख ३, २०७७ बाट सबै स्टाफहरुलाई बैंकमा हाजिर हुन भनेको छ । व्यवस्थापनको निर्णय भन्दै यस्तो मेसेज आएपछि उनलाई दोधार भयो । जागिर खान जाउँ, स्थिति यस्तो भयावह छ । नजाउँ हाकिमले मेसेज गरिसके ।
जोखिममा सप्तकोशीका कर्मचारी 
बिराटनगर बोर्डर एरिया भएकाले जोखिमयुक्त ठाउँ छ । त्यसैले पनि उनलाई डर भएको हो । परिवारले यस्तो बेला पनि निस्कने हो ? भनेर गाली गर्ने स्थिति छ । यहिबेला बैंकले पेलिरहेको छ । सोहि बैंकका अर्का एक कर्मचारीले अर्थ सरोकारमा फोन नै गरेर भने, ‘म त लोनको कर्मचारी, म किन बैंक जाने यस्तो बेलामा । न नयाँ काम छ, न रिकभरीमा लाग्न सक्ने स्थिति छ । तर बैंकले एकोहोरो रुपमा पेलेको छ ।’ उनका अनुसार बैंकमा सुरक्षा पनि राम्रो छैन । ‘को खोक्दै आउँछ, को रुघा लागेर आउँछ, आएकालाई नआइजो भन्न पनि नमिल्ने होला । न गतिलो मास्क दिएको छ बैंकले । ज्यान नै जोखिममा पर्ने भो ।’
के भन्छ बैंक ?
यता यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारीसमेत रहेका बिदुर पोख्रेललाई फोन गर्यौं । उनले बैसाख ३ गतेबाट आफुले कर्मचारीहरुलाई बोलाएको स्वीकारे । ‘हाम्रो सर्भिस राम्रो छ । सर्भिस पनि दिनुपर्यो ।’ उनले भने । उनले बैंकमा सेनिटाईजर लगायतका चीजहरु भएकाले काम गर्न कुनै पनि अफ्ट्यारो नभएको दावी गरेका छन् । ‘निश्चित समयका लागि बैंक खोल्न लागेका हौँ । दिउँसो १ बजेसम्म खोल्छौं । कतिपय कर्मचारी घरमा हुनुभएको ले उहाँहरुलाई बोलाएको छैन । उपलब्ध भएका कर्मचारीहरुबाट सेवा दिन खोजेका हौँ ।’ उनले भने।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: