×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं २ बाट आयो खुसीको खबर ! ६५९ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

PRIME CA

प्रदेश नं २ बाट आयो खुसीको खबर ! ६५९ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी – प्रदेश नं २ मा ६५९ जनाको कोरोना परीक्षण गरिएको छ । उनीहरुको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट परीक्षण गर्दा ६५७ जनाको ‘नेगेटिभ’ आएको छ भने बाँकी दुई जनाको ‘पोजेटिभ’ आएको छ । थप परिक्षणका लागि दुई जनाको स्वाब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । अस्पतालमा परिक्षणमा गर्दा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । सप्तरीमा १६१, सिरहामा ५०, बारामा ४९, पर्सामा ४८, महोत्तरीमा ३३, सर्लाहीमा ५७, रौतहटमा सबैभन्दा बढी २०८ र धनुषामा १८ जनाको बिहीबार मध्याह्न १ बजेसम्ममा आरडिटी माध्यमबाट परीक्षण गरिएको थियो । 
यस्तै प्रदेशमा ५३५ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा ४५४ जना रिपोर्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती चार जनाको सम्बन्धमा यसअघि नै सार्वजनिक भइसकेको छ । यसका साथै यस प्रदेशमा एक हजार १३७ क्वारेन्टाइनमा, एक हजार ५२५ होम क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा छन् ।
प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई विशेष कोरोना अस्पतालका रुपमा परिणत गरिएको छ । उक्त अस्पतालमा कोरोनाको सङ्क्रमितको मात्र उपचार हुनेछ भने नेशनल मेडिकल अस्पताल वीरगञ्जमा अन्य रोगबाट पीडितहरुको सरकारी अस्पतालको मापदण्डकै आधारमा उपचार व्यवस्था मिलाइएको छ । कोरोना जोखिम उच्च रहेपछि सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: