
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । प्रहरीले सप्तरीबाट १४ भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ । लकडाउन उल्लंघन गर्दै नेपाल भित्रिएका १४ जना भारतीयलाई सप्तरीबाट नियन्त्रणमा लिइएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले नियन्त्रणमा हो । उक्त गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले देखिपछि वडाध्यक्ष तेजनारायण यादवलाइ खबर गरेका थिए । वडाध्यक्षले उनीहरुसबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा समेत उनीहरुले मानिरहेका थिएनन् ।
पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् । प्रहरीका अन्सुअर नियन्त्रणमा लिएका सबै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका छन् ।
यस्तै लकडाउन उल्लंघन गरे ११ नेपालीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने नेपालीहरुमा भोजपुरको आमचोक गाउँपालिका ८ बस्ने २२ वर्षीय नरबहादुर झार, २४ वर्षीय सुमन तामाङ, २५ वर्षीय अनिस तामाङ, २८ वर्षीय असन तामाङ, भोजपुरकै बेबारी नगरपालिका २ का २८ वर्षीय धनीलाल उराउ, सुनसरीको दुहबी नगरपालिका २ बस्ने २२ वर्षीय विजय उराउ रहेका छन् । यस्तै सुनसरीको मधुवन २ बस्ने २५ वर्षीय रमेश कुमार, ६ बस्ने २३ वर्षीय दिपेश कुमार, भ्यान चालक सुनसरीका २२ वर्षीय अजय परियार, सह चालक धनुषाको मिथिला नगरपालिका ७ बस्ने २७ वर्षीय सानो परियार र २६ वर्षीय संजीव परियार छन् ।
२५ जनालाई अहिले अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित जनचेतना माविको क्वारेन्टाइनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्