×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुसहर बस्ती – ‘अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने’ ?

PRIME CA
GLOBAL IME BANK

मुसहर बस्ती – ‘अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने’ ?

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् । “लकडाउनका कारण करीब दुई सातादेखि सबै काम बन्द छ”, मोलिया सदाले भन्नुभयो,‘‘ मजदूरीको काम बन्द भएपछि पहिले मजदूरी गरेर जम्मा पारिएको अन्नपात लकडाउनको एक सातासम्म बसेर खाइयो, अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” घरमा अन्नपात नहुदाँ गत बुधबारदेखि चुलो नबलेका बालबच्चासँगै आफू भोकै बस्दै आएको उहाँले दुखेसो पोख्नुभयो । मोलियाका घरमा उहाँसहित ६ जनाको परिवार छ । मजदुरी बन्द भएपछि रोगभन्दा पनि भोकको चिन्ता बढ्को मोलियाको भनाइ छ । 
सोमनी सदाको परिवार पनि केही दिनदेखि भुजा खाएर दिन काट्दै आएको छ । “घरमा एक मुठी पनि चामल छैन”, सोमनीले भन्नुभयो, ‘‘ घरमा चामल छैन, थोरै मात्र भुजा रहेकाले त्यही खाएर गुजारा काटिरहेका छाँैं ।” आफूहरुले भुजा खाएरै दिन काट्दा पनि बालबच्चाले भात माग्ने गरेको दुखेसो सुनाउँदै सोमनीले थप्नुभयो, ‘‘बच्चाहरुले भोक लाग्यो, भात दिनून भनी रुने गरेका छन्, कहाँबाट ल्याएर भात ल्याएर खुवाउनू रु असाध्यै चिन्तामा डुबेका छौँ ।” सोमनीका घरमा उहाँसँगै श्रीमान् र तीन छोराछोरी छन् । 
यो केवल मोलिया र सोमनीको मात्रै होइन बस्तीका अधिकांश परिवारको समस्या यस्तै छ । करीब ५० परिवारको उक्त बस्तीका सबैले मजदूरी गरेरै परिवार पाल्दै आएका छन् । कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै सरकारले यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि काम बन्द भई अधिकांश परिवारको चुल्हो बल्न बन्द भइसकेको छ । जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले लकडाउनका समयमा मजदूरी बन्द भएका श्रमिक तथा विपन्न परिवारलाई राहत दिइरहेको एफएम रेडियोबाट समाचार सुन्दा आफूहरुलाई पनि राहत मिल्छ कि भन्ने आशमा उनीहरु बसेका छन् । 
भूमिहीन सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका मुसहरको अवस्था अन्त्यन्तै कष्टप्रद रहेको स्थानीय अगुवाले बताउनुभयो । शिक्षक विजय रायले भन्नुभयो,‘‘ लकडाउनभन्दा पहिले मजदूरी गरेर राम्रैसँग उनीहरुले गुजारा चलाउँदै आएका थिए तर मजदुरी नै बन्द भएपछि कोरोना भाइरसको त्राससँगै भोकमरीको मारमा परेका छन् ।” आपूmले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षसँग भोकमरीको जानकारी गराए पनि अहिलेसम्म आश्वासनबाहेक केही पाउन नसकेको गुनासो रायले गर्नुभयो ।
वडाध्यक्ष प्रदीप साहले दलित मुसहर बस्तीको समस्याबारे आफू जानकार रहेको र छिट्टै राहतको व्यवस्था मिलाइने बताउनुभयो । “मजदूर तथा विपन्न परिवारको विवरण संकलन गरिसकेका छौंँ”, वडाध्यक्ष साहले भन्नुभयो, ‘‘ अब एकदुई दिनभित्रै खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गर्ने तयारी गरिसकेका छौंँ ।”
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: