×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरीमा पीसीआर परीक्षणमा तीव्रता

LAXMI SUNRISE BANK

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरीमा पीसीआर परीक्षणमा तीव्रता

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी – कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा ठूलो सङ्ख्यामा पिसीआर परीक्षणमा तीव्रता दिइएको छ । प्रदेश नं २ का पाँच तथा सप्तरी, सिरहाको सिमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि शनिबारदेखि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा पिसीआर परीक्षण तीव्र बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा शिलाजित र हिङ बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित बोदे बर्साइनका ११३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गा नगरपालिकाका १२, खडक नगरपालिकाकाका दुई र बलान बिहुल गाउँपालिकाका तीन जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार लहानमा ६९, गोलबजारमा ६४, मिर्चैयामा ५०, अर्नमामा ४८, धनगढीमाईमा १०, कर्जन्हामा सात र विष्णुपुर गाउँपालिकामा दुईको गरी २५० जनाको नमूना सङ्कलन गरिएको छ ।
यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट ७५, धनकौल गाउँपालिकाबाट २६ र ईश्वरपुर नगरपालिकाबाट १५ जनाको स्वाब सङ्कलन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिपिइ र भिटिएमसहित विज्ञ प्राविधिकको टोली पठाएपछि स्वाब सङ्कलन कार्य तीव्र बनेको हो ।
आज पनि सप्तरीको सुरुङ्गा र सप्तकोशी नगरपालिकामा १५० तथा सिरहाको कल्याणपुर र सिरहा नगरपालिकामा १५० जनाको स्वाब सङ्कलन गरिने लक्ष्य रहेको महाशाखाका फणिन्द्र ज्ञवालीले बताए । ज्ञवालीका अनुसार इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेलान, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले प्रदेशको २७ स्थानबाट एक हजार ५२० को पिसीआर नमूना सङ्कलन गर्न लागिएको छ ।
पिसीआर नमूना सङ्कलन गर्न केन्द्रीय प्रयोगशाला काठमाडौँबाट आएको छ र जनकपुरको दुई गरी आठ टोली स्वाब सङ्कलनमा परिचालित भएको प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । सप्तरीको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेश नं २ का अन्य जिल्लाका स्वाब काठमाडौँको टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइने ज्ञवालीले बताए । – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी