काठमाडौं । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएकोमा उक्त निर्णयबाट सरकार पछि हटेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । निर्णयले औपचारिकता नपाउँदै खबर बाहिर आएको थियो ।
खबर बाहिर आएसँगै यो निर्णयको विरोध भएपछि सरकार निर्णयबाट पछि हटेको हो ।