- सुमित केसी
काठमाडौं । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएकोमा उक्त निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । निर्णयले औपचारिकता नपाउँदै खबर बाहिर आएको थियो । खबर बाहिर आएसँगै यो निर्णयको विरोध भएपछि सरकार निर्णयबाट पछि हटेको हो ।
सरकारले बाहिर जाने निर्णय गरेपछि जनताहरु टिकटबारे बुझ्न थालिसकेका थिए । तर एक्कासी आएको निर्णयबाट पछि हट्ने समाचारले जनता फेरि जिल्ल परे । समग्रमा भन्दा सरकारले निर्णय त ठिक लियो तर जनताको भावनामाथि खेल्यो ।
यसरी सरकारको भावनामाथि नखेल न सरकार ! १ घण्टा पनि नटिक्ने निर्णय गरेर जोक नगर न सरकार ! जनताको भावनामाथि यसरी नखेल न प्लीज !