
काठमाडौं । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएकोमा उक्त निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । निर्णयले औपचारिकता नपाउँदै खबर बाहिर आएको थियो ।
खबर बाहिर आएसँगै यो निर्णयको विरोध भएपछि सरकार निर्णयबाट पछि हटेको हो । चैत २८ र २९ गते सर्वसाधारणलाई उपत्यकाबाट बाहिर जान दिने समाचार सार्वजनिक भएको दुई घन्टा नबित्दै यस्तो निर्णय नभएको समाचार कुरा आयो । योबीचमा धेरैले मिडियालाई दोष दिए ।तर, यो सूचना प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको खुलेको छ।प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज मा नै यो सूचना पोष्ट गरिएको छ।

आफ्नै सचिवालयलाई गलत सावित गर्दै गृह मन्त्रालयले त्यस्तो कुनै निर्णय नभएको दाबी गरेको छ। तर सचिवालयको आधिकारिक फेसबुक पेजमा भनिएको छ, ‘‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यस विषयमा प्रस्ताव आएको तर कुनै निर्णय नभएको बताएका छन्।
पोखरेलको यो विज्ञप्ति आएलगतै सचिवालयले स्टाटस एडिट गरेको छ। ‘ स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’ अपडेट गरिएको स्टाटसमा भनिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्