×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनसिटीमा जोडिएका यी ३ बैंकको एटिएम बुथमा जानु त भएको छैन ? कोरोना परिक्षण गर्नुहोस् है !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनसिटीमा जोडिएका यी ३ बैंकको एटिएम बुथमा जानु त भएको छैन ? कोरोना परिक्षण गर्नुहोस् है !

Artha Sarokar

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरस काठमाडौँ छिरेको संकेत देखिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो । तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।
अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टी गरे । ‘आधा घण्टाजस्तो भयो उहाँहरूलाई भर्ना गरिएको। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।यसैबीच एकै परिवारका ३ जनालाई कोरोना भेटिएको आशंकापछि सनसिटी अपार्टमेन्ट सिलबन्दी गरिएको छ भने, उच्च सताकर्ता अपनाउन प्रहरी तैनाथ गरिएको छ। 
र यहि अपार्टमेन्टसँग जोडिएका ३ बैंकका एटिएमहरुमा जानेहरुले सतर्क रहन र परिक्षण गराउन सुझाव दिएका छन् । ‘आज कोरोना र्‍यापिड टेस्ट पोजिटिभ देखिएको सनसिटी अपार्टमेन्टमै जोडिएको तिनवटा एटिएम छ । नबिल, ग्लोबल र सनराइज ब्यांक । यो हिसाबले त्यहाँ निकै मानिसहरुको आवतजावत हुन्छ । सरकारले तुरुन्तै यो क्षेत्र सम्पूर्ण लकडाउन गरेर काँडाघारी-टाउनप्लानिङ्ग- पेप्सिकोला आसपास आशंका लागेका मानिसहरुको कोरोना चेक गर्न व्यवस्था गर्नुपर्छ ।म आफै पनि समाचार आउनु अगाडि त्यहिँ नविलको एटिएम गएर आएको हु । कृपया म लगायत सबैको कोरोना चेक गर्ने ब्यवस्था गरियोस । काँडाघारी-टाउनप्लानिङ्ग-पेप्सिकोला आसपास बस्ने हामीहरुले यो चेकको लागि माग गरौ । कृपया यो पोस्ट शेयर गरी सम्बन्धित निकायसम्म पुर्‍याउन मद्दत गर्नुहोला ।’ सौरभ कार्कीले लेखेका छन्’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी