×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले आक्रान्त बनेको न्युयोर्कमा विद्यालयहरु मे १५ सम्म बन्द रहने

LAXMI SUNRISE BANK

कोरोनाले आक्रान्त बनेको न्युयोर्कमा विद्यालयहरु मे १५ सम्म बन्द रहने

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले यहाँका अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताउनु भएको छ । यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आगामी मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिनुभएको हो ।
बिहीबार उहाँले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । कुओमोले उहाँको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार यो जानकारी दिनुभएको थियो । साथै उहाँले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराउनुभयो ।
उहाँले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसियुमा राख्नुपर्ने अवस्थाका विरामीहरको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिनुभयो । तर पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गर्नुभएको छ ।
उहाँले आगामी केही हप्तामा अवस्था नियन्त्रणमा आउने भन्दै छिमेकी राज्यहरुसँगको परामर्शबाट बजार तथा विद्यालय खोल्नेसम्बन्धी निर्णय जतिसक्दो चाँडै गर्ने पनि उहाँले बताउनुभएको छ । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट मृत्यु हुनेको संख्या ३४ हजार भन्दा माथि रहेको अवस्थामा गभर्नरको यो भनाई आएको हो ।
अमेरिकाबाट प्राप्त पछिल्लो समाचारमा अनुसार यहाँ संक्रमितको संख्या पनि विश्वको अरु देशका तुलनामा सबैभन्दा बढी रहेको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३४ हजार ७८४ जना पुगेको छ । नेपाली समयानुसार शुक्रबार अपरान्हसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ ।
कोरोना भाइरसबाट शुक्रबार अपरान्हसम्म संक्रमित हुने ६ लाख ७६ हजार ६७६ पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी