×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईई र कक्षा १२ को परीक्षा सँगसँगै

LAXMI SUNRISE BANK

एसईई र कक्षा १२ को परीक्षा सँगसँगै

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा प्रणाली (एसईई) र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ ।
कोभिड १९ संक्रमणबाट चैत ६ गतेबाट गर्ने तय भएको एसईई रोकिएको छ । बोर्डको निर्धारित तालिकाअनुसार आगामी वैशाख ८ गतेबाट कक्षा १२ को र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा हुनेछ । 
‘एसईई बिहान र कक्षा १२ को परीक्षा दिउँसो गर्न सकिन्छ’बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुबै परीक्षा सम्पन्न हुनेछ । लकडाउन खुलेपछि तुरुन्तै परीक्षा प्रक्रिया अघि बढ्छ ।’कान्तिपुर दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी