×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईईको परिक्षा कहिलेदेखि सुरु हुन्छ ? मन्त्रालयबाट आयो यस्तो सूचना

LAXMI SUNRISE BANK

एसईईको परिक्षा कहिलेदेखि सुरु हुन्छ ? मन्त्रालयबाट आयो यस्तो सूचना

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शिक्षा, विज्ञान तथा मन्त्रालयले एसईई परिक्षा लकडाउन खुल्ने वित्तिकै सुरु हुने जनाएको छ । चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने छ मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
शर्माले परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्न आग्रह गरेका छन । शर्माले भने, ‘अनावश्यक हल्लाको पछाडि नलाग्नोस् । सरकारको आधिकारिक धारणा उपयुक्त समयमा जारी हुनेछ ।’
परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको प्रवक्ता शर्माले जनाए । ‘मन्त्रालयको वेबसाइट, युटुब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था छ,’ शर्माले भने ।
त्यसैगरी शिक्षक महासंघले इन्टरनेट नभएको ठाउँमा विद्यार्थीले आफ्नो समस्या फोनबाट शिक्षकलाई सोध्न सक्ने व्यवस्था गरेको छ । ‘सातै प्रदेशमा पाँच विषयको हेल्प डेस्कको व्यवस्था गरेका छौं,’ महासंघका अध्यक्ष बाबुराम थापाले भने, ‘विद्यार्थीको समस्या हल गर्न ३५ जना विषय शिक्षकलाई सम्पर्क गर्न सक्ने नाम र फोन नम्बर सार्वजनिक गरेका छौं ।’ नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका समस्याबारे विद्यार्थीले शिक्षकसित जानकारी लिनसक्ने जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्‍द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी