×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीकी ३४ वर्षिया कोरोना संक्रमित महिलाको पाचौ‌ं रिपोर्ट यस्तो आयो…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कैलालीकी ३४ वर्षिया कोरोना संक्रमित महिलाको पाचौ‌ं रिपोर्ट यस्तो आयो…

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
 कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचारत कैलालीकी ३४ वर्षिया कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार २५ दिनदेखि उपचाररत महिलाको सोमबार पाचौं रिपोर्ट पनि कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । 
उनलाई दुबईबाट आएका आफ़्नै परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो ।सेती अस्पतालमा उपचारत ५ जनामध्ये ४ जना निको भैसकेका छन् । हाल अस्पतालमा ती ३४ वर्षकी महिला मात्र अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भईसकेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: